बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

तु खबर संवाददाता
२०८१ असार १५,शुक्रबार १६:५५
सांकेतिक तस्बिर

झापा । झापाबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् ।

जिल्लाको दमक नगरपालिका–९ बस्ने ३१ वर्षीय इकेश तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अुनसार, जिल्ला अदालत झापाको २०८१ वैशाख २३ गतेको फैसलाले उक्त मुद्दामा १ महिना कैद सजाय, ६ लाख रूपैयाँ जरिवाना तथा पिडित राहत कोषमा २४ हजार रूपैयाँ क्षतिपूर्ति शुल्क जम्मा गर्नु पर्ने सजाय ठहर भई उनी फरार रहेका थिए ।

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत चन्द्रगढी झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार झापा पठाइएको छ ।