विधेयकलाई छलफलको लागि समितिमा पठाउन स्वीकृत प्रदान

तु खबर संवाददाता
२०८१ असार १५,शुक्रबार १७:२८

मकवानपुर । बागमती प्रदेश सभाबाट प्रदेश उच्च शिक्षा (पहिलो संशोधन) अध्यादेश २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई दफाबार छलफलको लागि समितिमा पठाइयोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत प्रदान गरेको छ ।

प्रदेश सभाको आज अपराह्नमा बसेको बैठकबाट उक्त प्रस्ताव दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाउन बहुमतले स्वीकृत प्रदान गरेको हो ।

बैठकमा प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उक्त विधेयक दफाबार छलफलको लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइयोस् भनि प्रस्ताव पेश गरेकी थिइन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो ।