साढे १२ सय जनामा डेंगु पुष्टि, कुन प्रदेशमा कति ?
काठमाडौं । देशभरमा साढे १२ सय जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले देशभर १२ सय ६८ जनामा डेंगु पुष्टि भएको जनाएको छ ।
तीमध्ये सबैभन्दा धेरै डेंगु संक्रमितको संख्या बागमती प्रदेशमा रहेका छन् । बागमतीमा मात्रै ४४२ जनामा डेंगु पुष्टि भएको हो ।
यसैगरी, कोशी प्रदेशमा २९० जना, मधेस प्रदेशमा ३४ जना, गण्डकी प्रदेशका १९० जनामा, लुम्बिनीका १५१ जना र कर्णाली प्रदेशका १९ जनामा र सुदूरपश्चिमका १४२ जनामा डेंगु पुष्टि भएको छ ।
उक्त तथ्याङ्क सन् २०२४ को जनवरीदेखि जुन २३ सम्मको हो ।