वृद्धको हत्या आरोपमा युवक पक्राउ

तु खबर संवाददाता
२०८१ असार १६,शनिबार १०:०१

काठमाडौं । नेपाल प्रहरीले हत्या आरोपमा झापाका एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–२ डिगाँउ बस्ने अन्दाजी ४० वर्षीय राजेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार, तामाङले हिजो दिउँसो डिगाँउ बस्ने ७० वर्षीय गौरीमाया तामाङलाई घाँटीको दाहिने भागमा धारिलो हतियार सिक्कल प्रहार गरि हत्या गरेका थिए ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटिगई हत्यारालाई खोजतलास गर्ने क्रममा डिगाँउ नजिक खेतबारीमा लुकीछिपी बसिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।