मकवानपुरमा जंगली च्याउ खाँदा दुई जना बिरामी

तु खबर संवाददाता
२०८१ असार १६,शनिबार १०:३४
file photo

मकवानपुर । मकवानुरमा जंगली च्याउ खाँदा दुई जना बिरामी भएका छन् ।

जिल्लाको बकैया गाउँपालिका वडा नं.११ सिमलट्वालमा जंगली च्याउ खादा स्थानीय ५० वर्षीय प्रेमलाल न्यासुर र उनको श्रीमती ३३ वर्षीया फुलमाया मोक्तान बिरामी भएका हुन् ।

च्याउ खाएर बिरामी परेका उनीहरु श्रीमान्–श्रीमती रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुले शुक्रबार बिहान जंगलबाट ल्याएको जंगली च्याउ सेवन गरेका थिए ।

बिरामी उनीहरुको हेटौंडास्थित सञ्चो अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।