मृत अवस्थामा भेटिए मकवानपुरका लुङ्वा
![](https://www.tukhabar.com/wp-content/uploads/2018/02/dead.png)
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नं.३, हात्तिसुडे बस्ने वर्ष ७१ को भिम बहादुर लुङ्वा मृत अवस्थामा भेटिएका छन् ।
उनी स्थानीय लोहजर खोलामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार माछा मार्न जान्छु भनी घरबाट निस्किएका उनी खोलामा डुबेको अवस्थामा मृत भेटिएका हुन् ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।