हेटौंडामा जंगली च्याउ खाँदा पाँच जना बिरामी

तु खबर संवाददाता
२०८१ असार १७,आईतवार १०:२०
file photo

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१९ बसामाडीमा जंगली च्याउ खाँदा पाँच जना बिरामी भएका छन् ।

जंगलबाट ल्याएको सल्ले च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

च्याउ खाँदा स्थानीय ३६ वर्षीय श्याम बहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमाया बल र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएका हुन् ।

उनीहरुको हेटौडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।