आइतबार शेयर बजारमा गिरावट

तु खबर संवाददाता
२०८१ असार १७,आईतवार १५:३८

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा गिरावट आएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४ दशमलव ८३ अकंले घटेर २ हजार ३७ दशमलव ०९ बिन्दुमा बन्द भएको हो ।

यस्तै, आज शेयर बजार आरालो लाग्दा शेयर कारोबार समेत घटेको छ । आज ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर किनबेच भएको छ भने ३ अर्ब ६० करोड ७१ लाख ९८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै आज ११ उपसूचक राताम्य भएका छन् ।