लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १७,आईतवार १५:५०
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं र पर्सा जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित शनिबार एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका–६ घर भएकी ३० वर्षीया निकु राईलाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले पर्साको वीरगंज महानगरपालिका–१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्रामसहित शनिबार दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको जगरनाथपुर गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोर र भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा–२ बस्ने २२ वर्षीय नवरेज आलम रहेका छन् ।

उनीहरुलाई प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगंज पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।