अखिल क्रान्तिकारी मकवानपुरको अध्यक्षमा अर्याल
![](https://www.tukhabar.com/wp-content/uploads/2024/06/akhil-krantikari-e1719742528194.jpg)
मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको अध्यक्षमा बुद्धराज अर्याल सर्वसम्मत निर्वाचित भएका छन् ।
हेटौंडामा सम्पन्न संगठनको २३ औं सम्मेलनबाट अर्यालको अध्यक्षतामा ५३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा दिपक वाईबा, निरुता पाख्रीन, सचिवमा छोइसाङ लामा, कोषाध्यक्षमा अनिल बसेल, सह–सचिवमा सुजन सिलवाल, बिजन लटौला, सुबास थोकर र अभ्युदय खनाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा दिब्यदृष्टि लामा, मेनुका देउला, ईश्वर ढुङ्गेल, आयुष ठकुरी, मिनेश पुडासैनी, राजकुमार रसाईली, नबिन श्रेष्ठ, कृष्णकला नेपाल, पबित्रा बिक लगायत चयन भएका छन् ।
अध्यक्ष पदमा निवाचित भएपछि अर्यालले विद्यार्थीको हकहित र क्षमता विकासको लागि जात, लिंग, वर्ण भूगोलभन्दा माथि उठेर हामी निरन्तर क्रियाशिल हुने बताए । सार्थ उनले आफुलाई अध्यक्ष पदमा निवाचित गर्न सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद समेत दिए ।
सम्मेलन अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) केन्द्रीय सदस्य पञ्चा सिंहको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष श्रवण बर्तौलाको अध्यक्षतामा भएको थियो ।
निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यले पद तथा गोपनीयताको शपथ समेत ग्रहण गरिसकेका छन् ।