मकवानपुर प्रहरीद्वारा २ सय ३९ जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार १७,आईतवार १६:१०

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०–०८१ को पछिल्लो ११ महिनामा लागूऔषध ओसारपसार गरेको आरोपमा २ सय ३९ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चालु आवको साउनदेखि जेठ महिनासम्ममा लागूऔषध ओसारपसार गरेको आरोपमा १९ महिलासहित २ सय ३९ जनालाई पक्राउ गरेर मुद्दा दायर गरेको जनाएको छ ।

यस्तै, मकवानपुर प्रहरीले सो अवधिमा ३ हजार ४ सय ६२ केजी गाँजा लागूऔषध गाँजा बरामद गरेको छ ।

यसैगरी, सो समयमा १३ लागूऔषध केजी अफिम, ७८ ग्राम लागूऔषध खैरो हिरोइन र १ सय ५ केजी लागूऔषध चरेश बरामद गरेको जनाइएको छ ।