चितवनको एक होटलमा चिनियाँ नागरिकको शव फेला
चितवन । चितवनको भरतपुरस्थित एक होटलमा चिनियाँ नागरिकको शव फेला परेका छन् ।
आज बिहान बीपी कोइराला क्यान्सर अस्पताल अगाडिको बर्षना होटलमा बस्दै आएका ५६ वर्षीय पियान छाङ्गसिनको अव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, यही असार १० गतेदेखि सो होटलमा बसेर उनले बीपी कोइराला क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए ।
उनी बिहान ८ बजेर ५५ मिनेटमा होटलको कोठाभित्र मृत अवस्थामा फेला परेका हुन् । उनको के कारणले मृत्यु भएको भन्ने हाल नखुलेको र उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।