२४ कर्मचारीको दरबन्दी कटौती

तु खबर संवाददाता
२०८१ असार १७,आईतवार १७:१३
file-photo

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २४ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ ।

असार १० गते बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला मन्त्रालयको नयाँ संगठन संरचना स्वीकृत गर्दै ती कर्मचारीको दरबन्दी कटौती गरेको हो ।

दरबन्दी कटौती हुनेहरुमा उपसचिव र सोभन्दा तल्ला तहका कर्मचारी रहेको मन्त्रालयका सूचना अधिकारी आश्विनकुमार पोखरेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म १७२ जनाको दरबन्दी रहेको सो मन्त्रालयमा अब १४८ जना मात्रै कर्मचारीको दरबन्दी कायम भएको छ ।