गाँजासहित भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार ०९:५२
सांकेतिक तस्बिर

पर्सा । वीरगंज महानगरपालिका–१६, शंकराचार्य गेटबाट अवैध लागूऔषध गाँजासहिच आइतबार प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत मोतीहारी रामपुर ग्राम पंचायत–६ बस्ने ६० वर्षीय श्याम साह रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, साह १ किलो २ सय ५० ग्रामसहित पक्राउ परेका हुन् । उनलाई प्रहरी चौकी इनरूवाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

नेपालबाट भारततर्फ पैदल जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको छ ।