एकीकृत समाजवादीको महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १४:३९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि हुने मतदानमा विद्युतीय मेसिन प्रयोग हुने भएको छ । विद्युतीय मतदान लागि पार्टी केन्द्रीय सचिवालय सदस्यहरुले डेमोसमेत प्रस्तुत गरेका छन् ।

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्ष मण्डलसमेत गठन गरिएको छ । सोही मण्डलले मतदान विद्युतीय माध्यमबाट गर्ने गरी तयारी गरेको हो ।

दशौं महाधिवेशनमा आज बन्द सत्र चलिरहेको छ । बन्द सत्रपछि नेतृत्व चयन प्रक्रिया सुरु हुने जनाइएको छ । महाधिवेशन आइतबारदेखि सुरु भएको थियो । निर्वाचनमा माधवकुमार नेपाल र घनश्याम भुषालबीच प्रतिस्पर्धा हुने सम्भावना छ ।