मकवानपुरका मगर गाँजासहित पक्राउ

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १५:५७

मकवानपुर । मकवानपुरका बद्री बहादुर घागा मगरलाई अवैध लागूऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर ७, दमार कोगटे निवासी मगर लागूऔषध गाँजा ४ किलो ६ सय मिलिग्रामसहित पक्राउ परेको मकवानपुर प्रहरीले जनाएको छ ।

६१ वर्षीय मगरलाई इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।