विदेशी मुद्रासहित २ जना इरानी नागरिक पक्राउ

तु खबर संवाददाता
२०८१ असार १८,सोमबार १६:२३
सांकेतिक तस्बिर

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित आइतबार २ जना इरानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा इरानी नागरिक ४० वर्षीय यजदन्यार माजिदियाही र उनकै श्रीमती ३५ वर्षीया पेगाह ताहेरी रहेका छन् ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौंबाट श्रीलंकाको कोलम्बो जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्याजेग चेकिङ गर्ने क्रममा विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न दरका गरी जम्मा १२ हजार ५ सय अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा ४ हजार २ सय पाउण्ड स्टरलिङ, १ हजार ७ सय ५० युरो, १६ हजार ५ सय युएई दिराम, ८ हजार ८ सय भारतीय रूपैयाँ र ८ लाख ४० हजार श्रीलंकन रूपी बरामद गरेको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।