फेरियो गठबन्धनः कांग्रेसको समर्थनमा ओली प्रधानमन्त्री बन्ने, रास्वपा बाहिरै बस्ने

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १४:२८
file-photo

काठमाडौँ । संसदका प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता गठबन्धन गर्ने र एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने गरी सहमति जुटेको छ ।

माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेको एमालेले कांग्रेसको साथमा नयाँ सरकार गठन गर्ने भएको हो ।

दुई दलको सरकार बनेपछि निर्वाचन प्रणालीमा सुधार गर्ने लगायतका विषयमा संविधान संशोधन गर्ने सहमति पनि भएको छ ।

सरकारमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने अब बन्ने नयाँ सरकारमा सहभागी नहुने भएको छ । यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने राजीनामा नदिने बरु विस्वासको मत लिने तयारी गरेका छन् ।

मंगलबार बिहान सिंहदबारमा बसेको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक सन्तोष परियारले नयाँ सरकारमा पार्टी सहभागी नहुने बताए ।

नयाँ सरकार बन्ने प्रक्रिया अघि बढ्नेबित्तिकै रास्वपाका मन्त्रीहरूले पदबाट राजीनामा दिने उनले बताए । रास्वपाबाट अहिलेको संघीय सरकारमा ४ जना मन्त्री छन् । सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् ।