सानेपास्थित कांग्रेस मुख्यालय पुगे ओली

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १४:४३
photo:facebook

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजना गरेको ऐतिहासिक फोटो प्रदर्शनीमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी ओली सानेपा पुगेका छन् ।

कांग्रेस पार्टीको मुख्यालय सानेपामा आयोजित फोटो प्रदर्शनीमा ओली सहभागी भएका हुन् ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरे । फोटो प्रदर्शनीको पूर्वप्रधानमन्त्रीले अवलोकन गरिसकेका छन् ।

फोटो प्रदर्शनीमा प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सबै पूर्वप्रधानमन्त्रीहरुले अवलोकन गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । फोटोमा क्रान्तिदेखि शान्तिसम्मको विभिन्न कालखण्डमा गिरिजाप्रसाद कोइरालाको भुमिकालाई अटाइएको उनले बताए ।