कांग्रेस–एमाले गठबन्धनलाई उपेन्द्र यादवको समर्थन

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १६:४८
file-photo

काठमाडौँ । उपेन्द्र यादवले नेतृत्व गरेको जनमत समाजवादी पार्टीले प्रचण्ड नेतृत्वको सरकार ढाल्न कांग्रेस एमाले गठबन्धनलाई साथ दिने भएको छ ।
यादवले नयाँ सत्ता सहकार्यको विषयमा भने औपचारिक छलफल भइनसकेको बताएका छन् ।

सत्ता जोगाउन आफ्नो पार्टी प्रचण्डले फुटाइदिएको भन्दै उपेन्द्रले असन्तुष्टि पोख्दै आएका छन् । उनले भने, ‘हामीसँग छलफल नभएपनि हाम्रो समर्थन, सहयोग र साथ रहन्छ ।’

उनले सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफलपछि मात्रै टुंगो लाग्ने बताए ।