प्रतिनिधि सभाको सचिवमा अधिकारी

तु खबर संवाददाता
२०८१ असार १९,मंगलवार १७:२९

काठमाडौं । प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त भएका छन् ।

अधिकारीलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाको सचिवमा नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभाका सचिव पदमप्रसाद पाण्डेय प्रतिनिधि सभाको महासचिव भएपछि रिक्त रहेको उक्त पदमा अधिकारी नियुक्ती भएका हुन् ।

पूर्वसचिव समेत रहेका अधिकारीलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्न सिफारिस गरेका थिए ।