एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी

तु खबर संवाददाता
२०८१ असार २०,बुधबार १७:१६

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने तयारी गरेको छ ।

मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई आग्रह गरेको थियो ।

तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेसँगै पछिल्लो समय विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बस्नेछन् ।