कांग्रेस–एमाले गठबन्धनलाई साथ लोसपाको निर्णय

तु खबर संवाददाता
२०८१ असार २०,बुधबार १८:१५
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने भएको छ ।

पार्टीको बबरमहलस्थित कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।

सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेसँगै पछिल्लो समय विभिन्न राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।

कांग्रेस र एमालेबीचको सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बस्नेछन् ।