रास्वपाका मन्त्रीहरूले आज राजीनामा दिँदै

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार ०९:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले आज राजीनामा दिँदैछन् ।

सरकारमा रास्वपाका तर्फबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

उनीहरुले पदबाट राजीनामा दिन लागेका हुन् । राजीनामा दिनुअघि सो पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी अर्को दल नेकपा एमालेले बुधबार नै प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाइसकेको छ ।