एकीकृत समाजवादीको नेतृत्व चयन आज हुँदै

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार ०९:२२
Madhav- kumar- nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ ।

असार १६ गतेदेखि जारी पार्टीको महाधिवेशन नेतृत्व चयनसँगै आजै समापन गर्ने तयारी रहेको छ ।

शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व टुङ्ग्याउने भनिए पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन ।

पार्टीको अध्यक्षमा माधवकुमार नेपाल र घनश्याम भुसालबिच प्रतिस्पर्धा हुन लागेको छ । साथै अन्य पदमा पनि प्रतिस्पर्धा हुने जनाइएको छ ।