पेस्तोलसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार ०९:३८

धनुषा । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मिपुरबाट १ थान मेड इन युएसए लेखिएको पेस्तोल, गोली ६ राउण्ड र १ थान म्याग्जिनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार सितामढी ग्राम पन्चायत बैरगिनिया–५ बस्ने २७ वर्षीय महमद अनवर खान रहेका छन् ।

उनलाई मंगलबार मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, इलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाबाट संयुक्त रूपमा खटिएको प्रहरीले उक्त पेस्तोलसहित पक्राउ गरेको हो ।

साथै उनले प्रयोग गरेको बीआर ०६ डीए ६०६३ नम्बरको सुजुकी भ्यान समेत प्रहरीले बरामद गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।