रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १०:०६
file-photo

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि परेको रिटमा आज फेरि सुनुवाइ हुने भएको छ ।

लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ हुने भएको हो ।

लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर भएको थियो ।

उक्त रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । पछिल्लो पटक असार १८ गते सुनुवाइ भएको थियो ।