एकीकृत समाजवादीको निर्वाचन सुरु, मतदाता नामावली सार्वजनिक

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १०:५४

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दसौँ महाधिवेशन अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु भएको छ ।

असार १६ गतेबाट सुरु भएको महाधिवेशनमा पेस भएका विभिन्न दस्ताबेजहरू अनुमोदन भएसँगै निर्वाचन प्रक्रिया सुरु भएको हो ।

जसअन्तरगत आज महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको नामावली सार्वजनिक गरेको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा अध्यक्षमा नेता माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

यद्यपि नेताहरूबिच सहमतिको प्रयास पनि जारी छ । सो महाधिवेशनले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।