कांग्रेसद्वारा संसदीय दलको बैठक आह्वान

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १५:३८
file-photo

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरी बोलाइएको हो ।

बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकमा असार १७ मा नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति, असार १९ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदनमाथि छलफल हुने प्रमुख सचेतक लेखकले बताए ।