बाढीपीडितलाई समयमै राहत दिन सांसदको माग

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १८:१३

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले बाढीपीडितलाई समयमै राहत दिन सरकारसँग माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकको शून्य समयको माग गर्दै सांसदहरुले प्राकृतिक विपद्बाट पीडित भएकाहरुलाई चाँडोभन्दा चाँडो राहतका साथै बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग गरेका हुन् ।

बैठकमा सांसद् सुमित्रा विसीले बाढीपहिरो जस्ता प्राकृतिक विपद्बाट पीडितलाई राहत उपलब्ध गराउनु राज्यको दायित्व भएको बताइन् ।

यस्तै, सांसद शारदादेवी भट्टले सरकार बाढी पहिरो आउनुपूर्व उद्धार र राहतको तयारीमा जुट्नुपर्ने बताइन् ।

सांसद तुलसाकुमारी दाहालले विद्यालय शिक्षा कमजोर बन्दै गइरहेको भन्दै शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला गम्भीर हुनुपर्नेमा जोड दिइन् ।

यसैगरी, सांसद मृगेन्द्रसिंह यादवले किसानले सुलभ रुपमा मल पाउनुपर्ने बताए ।