एकीकृत समाजवादीको अध्यक्षमा नेपाल सर्वसम्मत

तु खबर संवाददाता
२०८१ असार २१,बिहीबार १८:२२

काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् ।

पार्टीको जारी १० औं राष्ट्रिय महाधिवेशनले बिहीबार अध्यक्षमा नेपाललाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै, पार्टीको महासचिवमा घनश्याम भूसाल, झलनाथ खनाल सम्मानित नेता चयन भएका छन् । यी तीन पद महाधिवेशन हलले सर्वसम्मत भएको घोषणा गरेको हो ।

अन्य पद सचिवालयले टुङ्ग्याउने निर्णय भएको छ । असार १६ गतेदेखि काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनले २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।