मकवानपुरमा लडेको अवस्थामा भेटिएका पुरुषको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार ०८:५८
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नं.६ सुनाचुरीमा लडेको अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाराको कोल्वी नगरपालिका–८ मधुवन घर भई हाल चितवनको खैरेनी नगरपालिका–९ सिमलटाँडीस्थितमा लेबर काम गरी बस्ने ३२ वर्षीय पुजन राम रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बिहीबार अपराह्न सवा ४ बजेको समयमा मनहरीको सुनाचुरी पेट्रोल पम्प नजिकै उनी अचेत भई लडिरहेको अवस्थामा भेटिएका थिए । उनको भाई नाता पर्ने २० वर्षीय राजेश रामले फेला पारी प्रहरी चौकी सुनाचुरीमा खबर गरेका थिए ।

प्रहरी घटनास्थल पुगेर हेर्दा बुझ्दा खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर घाइते भएको बुझिएको र तत्काल उद्दार गरी उपचारको लागि चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको लागि पठाइएको थियो ।

दाहिने आँखी भौँ माथी भित्री चोट लागेको उनको सोही अस्पतालमा उपचारको क्रममा राति ११ बजेको समयमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मृतक रामको शव पुरानो मेडिकल कलेज भरतपुरमा नै रहेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।