रिटर्नी सेन्टर नेपाल थाहानगर अध्यक्षमा बिष्ट

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार ०९:०३

मकवानपुर । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको संगठन रिटर्नी सेन्टर नेपाल थाहा नगर कमिटी अध्यक्ष पदमा बिमल बिष्ट सर्वसम्मत चयन भएका छन् ।

बिहिबार थाहा नगरको विकास घरमा भएको प्रथम नगर सम्मेलनले बिष्टको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो ।

यस्तै, कमिटीको उपाध्यक्षमा गंगालाल गोपाली, केशव ढकाल, प्रकाश सिलवाल, रुपलाल बलामी, रत्न मोक्तान रहेका छन् ।

त्यस्तै, सचिवमा दिपेश केसी, कोषाध्यक्षमा मनिषा भुजेल, सहसचिवमा नरेन्द्र घलान र बिष्णु बहादुर गोपाली चयन भएका छन् ।

कमिटीको सदस्यहरुमा बिश्व प्रधान, सुजन तामाङ, माया लामा, रामचन्द्र स्याङतान, दिनेश तामाङ, नेबेन्द्र कार्की लगायत रहेका छन् ।

रिटर्नी सेन्टर नेपाल नेकपा माओवादी केन्द्र निकट संगठन हो ।

सम्मेलन आयोजक समिति संयोजक सुजन लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।