रारा तालमा डुबेर २१ वर्षीय युवकको मृत्यु

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार ०९:३६
file-photo

मुगु । रारा तालमा पौडी खेल्ने क्रममा डुबेर बिहीबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावल रहेका छन् ।

उनको रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनी रारा ताल किनारमा निर्माणाधीन साइकल लेनमा मजदुरी गर्दै थिए । अन्य चार जना साथीसहित उक्त ताल पौडी खेल्दा उनको मृत्यु भएको हो ।

घटनाबारे जानकारी पाउनासाथ नेपाली सेनाको हनुमान ध्वज गुल्मबाट दुई वटा डुङ्गा लिएर नेपाली सेना घटनास्थलमा पुगेको थियो । रारा विमानस्थल र जिल्ला प्रहरी कार्यालयबाट थप प्रहरी टोली पुगी शव तालबाट निकालिएको हो ।

घटनाको मुचुल्का पछि शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ ।