तीन दिन मनसुन अझै सक्रिय रहने

तु खबर संवाददाता
२०८१ असार २२,शुक्रबार १०:१८
file-photo

काठमाडौं । आजदेखि तीन दिन नेपालमा मनसुन अझै सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सो बारे जानकारी गराएको हो । सर्वाजनिक बुलेटिनमा मनसुनको न्यून चापीय रेखा नेपालनजिक रहेकाले शुक्रबारबाट आइतबारसम्म दक्षिणी भूभागमा मनसुन थप सक्रिय हुने उल्लेछ छ ।

बिहीबार पुनः विशेष बुलेटिन सार्वजनिक गरेर महाशाखाले उक्त क्रम आइतबारसम्म चल्ने र मनसुन थप सक्रिय हने जानकारी गराएको हो ।
महाशाखाका अनुसार, मनसुन थप सक्रिय हुँदा आइतबारसम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

सो अवधिमा कोशी, मधेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको हुनेछ भने गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले विभिन्न ३० जिल्लाहरूमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले गण्डकीका ८, लुम्बिनीका ९, कर्णालीका ६ र सुदूरपश्चिमका ७ जिल्लहरूका लागि रेड अलर्ट जारी गरिएको छ ।