प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार प्रतिनिधिसभाको असार २८ गतेको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतको प्रस्ताव राख्नेछन् ।
नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो । एमालेका ८ मन्त्रीले दिएको राजीनामा समेत स्वीकृत भइसकेको छ । ती मन्त्रालय प्रधानमन्त्री दाहालले हेर्ने गरी जिम्मेवारी तोकिएको छ ।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो ।