सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा १० जना घाइते
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर ४ मा रहेको इलेक्ट्रिक हाइड्रो पावरको ढलान भत्किँदा १० जना घाइते भएका छन् ।
उक्त हाइड्रो पावरको ढलान भत्किँदा १० जना मजदुर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरीका अनुसार, अहिलेसम्म फसेका १० जनाको उद्धार गरिएको छ । बाँकी २ जना बेपत्ता रहेको र खोजीसँगै उद्धारको प्रयास भइरहेको छ ।
उद्धार गरिएकाहरूलाई अहिले उपचारका लागि बाह्रबिसे अस्पताल पुर्याइएको छ । मजदुरहरूले ढलान गर्दागर्दै भत्किएको जनाइएको छ ।
४० मेगावाट क्षमताको उक्त जलविद्युत आयोजना गत साउनदेखि निर्माणकार्य सुरु गरेको थियो ।