कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने गरी आह्वान गरिएको हो ।
बैठक नयाँ वानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको प्रमुख सचेतक लेखकले बताए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको असार १९ गते बसेको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो ।
आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने कार्यसूची रहेको प्रमुख सचेतक लेखकले बताए ।