हेटौंडाको आशा बिशेष होस्टेलमा आगलागी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, रामनगरस्थित आशा बिशेष होस्टेलमा आइतबार आगलागी भएको छ ।
फरक क्षमता भएका बालबालिकालाई राख्ने उक्त होस्टेलको भान्सा कोठामा ग्यासँ चुलाबाट आगो सल्कन गई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त आगोलागीमा परेर सोही होस्टेलमा काम गर्ने हेटौंडा –८, बस्ने अन्दाजी ४५ वर्षीय पुर्णकुमार सापकोटा घाइते भएका छन् । घाइते उनको स्थानीय मेडिकलमा उपचार पश्चात डिस्चार्ज भइसकेका छन् ।
दिउँसो १ बजे लागेको आगो झण्डै पौने १ घण्टापश्चात प्रहरी चौकी चौघडाबाट खटिएको प्रहरी टोली, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
आगलागीबाट भान्सा कोठामा रहेका भाडावर्तन, अन्नपात, ग्यासँ चुल्हो, पानी तातो चिसो बनाउने मेसिन, फर्निचरलगायतको सामग्री जलेर नष्ट भएको जनाइएको छ ।