बाघको आक्रमणबाट तीन महिला घाइते
दाङ । दाङमा आज बिहान बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् ।
बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीका अनुसार, बिहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट केसीको दुवै हातमा सामान्य चोट, सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ ।
घाइते सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको जनाइएको छ ।