बाढी–पहिरोमा परेर ७० जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी–पहिरो लगायत विपद्मा परी हालसम्म ७० जनाले मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयले गत जेठ २८ गतेदेखि आज बिहानसम्म विपद्मा परी ७० जनाको मृत्यु भएको जनाएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार, विपद्मा परेर ८६ जना घाइते भएका छन् भने पाँच जना बेपत्ता भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
उक्त अवधिमा बाढी पहिरोका ९ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेका छ भने तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ ।
सो अवधिमा चार हजार सात सय ९० प्रहरी बाढी–पहिरोमा परिचालन गरिएको र रु ९ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको जनाइएको छ ।