माओवादी संसदीय दलको बैठक जारी

तु खबर संवाददाता
२०८१ असार २७,बुधबार १५:५०

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक हाल जारी छ । बैठक सिंहदरबारमा केहीबेर अघिबाट बसिररहेको हो ।

यही असार २८ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले विश्वासको मत लिँदैछन् । सो बारे छलफल गर्न माओवादी संसदीय दलको बैठक बोलाइएको हो ।

प्रमुख सत्ता साझेदार नेकपा एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । सोही अनुरुप प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।