हेटौंडामा कोरा च्यालेन्ज हुँदै

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा यही असार २९ गते शनिबार कोरा साइकल च्यालेन्ज (राइड) हुने भएको छ ।
केही समयदेखि साइकल अभियानमा क्रियाशील अभियनकर्मीहरुको संस्था हिमालयन राइडर्स सोसाइटीको आयोजनामा उक्त राइड हुन लागेको हो ।
करिव ३ वर्ष अघि हेटौंडामा स्थापना भएको हिमालयन राइडर्स सोसाइटी मकवानपुरले यो तेस्रो संस्करणको रुपमा कोरा च्यालेन्ज गर्न लागेको हो ।
भुटनदेबी मन्दिरबाट सुरु हुने धार्मिक साइकलयात्रा करिब २१ किमीको हुनेछ । बिहान ६ बजे भुटनदेबी मन्दिरमा जम्मा हुने, ७ बजे र्याली सुरु गर्ने तयारी भएको संस्थाका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।
हेटौंडाको हुप्रामा समापण हुने सो कार्यक्रममा लक्की ड्र गरेर भाग्यशाली २५ जना जतिले विभिन्न खालका आकर्षक पुरस्कार पाउनेछन् ।
यस्तै, जेष्ठ महिला र पुरुष, कनिष्ठ उमेर समूहका महिला÷पुरुष पनि पुरस्कृत हुने उनले बताए ।
उनका अनुसार, कोरा च्यालेन्जमा सहभागी हुने सबै साइकलयात्रीलाई टिसर्ट, प्रमाणपत्र प्रदान गरिनेछ ।