प्रतिनिधि सभा बैठक आज बस्दै

तु खबर संवाददाता
२०८१ असार २८,बिहीबार ०९:१०

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संसद् भवन नयाँबानेश्वरमा दिउँसो ४ बजे बस्ने गरी बोलाइएको हो ।

सो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजाति आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।