अखिल क्रान्तिकारी मकवानपुरको कार्यसमितिलाई प्रमाणपत्र बितरण

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १५:४३

मकवानपुर । अखिल नेपाल स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) मकवानपुरको २३ औं सम्मेलनबाट नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई प्रमाणपत्र बितरण गरिएको छ ।

नेकपा माओवादी केन्द्रको जिल्ला पाटी कार्यलयमा भएको एक कार्यक्रममा गत असार १४ गतेको सम्मेलनबाट निर्विरोध जिल्ला कमिटीका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।

प्रमाणपत्र बितरण पश्चात जिल्ला समितिको प्रथम बैठक समेत सम्पन्न भएको छ । प्रमाणपत्र वितरण तथा बैठक कार्यक्रम नेकपा माओवादी केन्द्रका मकवानपुर जिल्ला संयोजक भीम पाख्रिनको प्रमुख आतिथ्यतामा भएको थियो ।

जिल्ला अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षतामा भएको बैठकले संगठनको नियमित गतिविधि र आगामी कार्ययोजना तयार गर्ने निर्णय गरेको कोषाध्यक्ष अनिल बसेलले बताए ।

अखिल क्रान्तिकारी मकवानपुरको सचिव छोईसा लामाले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सचिव बीरबहादुर घलान ज्वाला, प्रदेश कमिटी सचिवालय सदस्य एवम् विद्यार्थी संगठन ईञ्चार्ज ललित घलान, प्रदेश कमिटी सचिवालय सदस्य शुभरत्न गोले, अखिल क्रान्तिकारी केन्द्रीय उपमहासचिव प्रदिप अर्याल, नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगर कमिटी अध्यक्ष तीर्थबहादुर थापा मगर लगायतको आतिथ्यता रहेको थियो ।