प्रधानमन्त्री प्रचण्ड पदमुक्त

तु खबर संवाददाता
२०८१ असार २९,शुक्रबार १७:२७

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले अस्वीकृत गरेसँगै उनी पदमुक्त भएका छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र खसेको हो । उनको विपक्षमा १९४ मत परेको छ ।

त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत परेको छ । प्रतिनिधिसभाको आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।