आज साता कारोबारको पहिलो दिन नेप्से ५२ दशमलव ९७ अङ्कले बढ्यो

तु खबर संवाददाता
२०८१ असार ३१,आईतवार १६:०७
file-photo

काठमाडौं । साता कारोबारको आज पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक ५२ दशमलव ९७ अङ्कले बढेको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार ढलेपछिको पहिलो कारोबारमा सेयर बजारमा उत्साहजनक वृद्धि देखिएको हो ।

आज नेप्से परिसूचक ५२ दशमलव ९७ अङ्कले बढेर २२५७ दशमलव ५९ विन्दुमा उक्लिँदा ७ अर्ब ६२ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै, आइतबार २०१ कम्पनीको सेयर मूल्य बढ्दा ३६ वटाको मात्र घटेको छ । भने बाँकी ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ ।