बागमती प्रदेश प्रमुख शर्माद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट पारित भई आएको अर्थ सम्बन्धि दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले आर्थिक वर्ष २०८१–०८२ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्द प्रसाद पौडेलले जानकारी दिए ।
यस्तै, प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८१ लाई पनि प्रमाणीकरण गरेको प्रवक्ता पौडेलले बताए ।
ती दुई विधेयकहरुलाई प्रदेश प्रमुख शर्मासमक्ष प्रमाणीकरण गर्नको लागि प्रदेश सभाका सभामुख भुवनकुमार पाठक र प्रमुख सचिव कृष्णहरि खड्काले हस्ताक्षर गरी पठाएको प्रदेश सभाका सचिवालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।