वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

तु खबर संवाददाता
२०८१ असार ३२,सोमबार १४:४८
file-photo

काठमाडौं । वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । अधिकांश बैकहरुले साउन महिनाका लागि ब्याजदर घटाएका छन् ।

२० वाणिज्य बैंकहरुमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । यस्तै, ५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका भने २ बैंकले असारको तुलनामा ब्याजदर केही बढाएका छन् ।

पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ । यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको जनाइएको छ ।