समाजवादी मोर्चाको बैठक ४ बजे बस्ने

काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । अपराह्न ४ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुने बुझिएको छ । साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ ।
मोर्चामा नेकपा माओवादी केन्द्र नेकपा एकीकृत समाजवादी नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।
यसअघि समावेश जनता समाजवादी पार्टी, नेपाल फुटपछि समाजवादी मोर्चामा छैन । जसपा नेपालले समाजवादी मोर्चाको औचित्य नरहेको बताइसकेको छ ।